कविता
सर्लाही ।
लालबन्दी नगर वाङ्मय परिषद्, लालबन्दीले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२’ साहित्यकार रमेश क्षितिजको आख्यान ‘एउटा मायी नगरमा’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।
स्वतन्त्र विज्ञहरूसहितको छनोट समितिले चयन गरेका उत्कृष्ट दस कृतिमध्येबाट क्षितिजको कृति उत्कृष्ट ठहरिएको परिषद्ले जनाएको छ।यस्तै ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८२’ लामो समयदेखि पत्रकारिता र साहित्य सिर्जनामा सक्रिय कृष्ण समर्पणलाई प्रदान गरिने भएको छ। स्थानीय प्रतिभा पुरस्कारको राशि रु २५ हजार र भाषा तथा साहित्य पुरस्कारको राशि रु ५० हजार रहेको परिषद्ले जनाएको छ ।
त्यसैगरी परिषद्ले ‘साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८२’ साहित्यकार दिनेश अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको छ । राणा शासनविरुद्ध साहित्यिक प्रतिरोध अभिव्यक्त गर् देखि यो पुरस्कार दिन थालिएको हो ।
नेपाली भाषा तथा साहित्यका क्षेत्रमा दीर्घ योगदान पुरयाउँदै आउनुभएको दिनेश अधिकारीलाई यस वर्षको पुरस्कार प्रदान गरिने परिषद् अध्यक्ष अच्युत अधिकारीले बताउनुभयो। पुरस्कारमा रु ५० हजार र सम्मानपत्र रहनेछ ।
