समाचार
जिन्दगीमा एउटा यस्तो, मान्छे पाए हुन्थ्यो
उसले पनि मैलेजस्तै, माया लाए हुन्थ्यो ।
थोरै थोरै हल्का हल्का, मात मिसाएर
हरेक साँझ पिरतिको, गीत गाए हुन्थ्यो ।
आँखा आँखा जुधाएर, आँखैभित्र पसी
नानीभित्र मायालुको, तश्विर छाए हुन्थ्यो ।
सोच्दा सोच्दै थाकिएर, लोलाएको बेला
थकान मेट्ने उत्तम उर्जा, बनी आए हुन्थ्यो ।
नआत्तिनु एक्लो हुँदा, सम्हाल्छु म भन्दै
शीर छोई नछुटिने, कसम खाए हुन्थ्यो ।
जन्ति लिई बाजा लिई, जग्गे सजाएर
यो पुष्पाको हात समाई, अघि लाए हुन्थ्यो ।
पुष्पा खनाल