कहानी– हिन्दी
सपना जलेर खरानी भएछन कस्लाई सुनाउ ।
आफ्नै दौँतरी मलामि गएछन कस्लाई सुनाउ ।।
सके सम्म अगाडि बाट नसके पछाडी बाट,
छुरा रोप्ने पनि आफ्नै रहेछन कस्लाई सुनाउ ।।
सामना गरौल दिएका ती डर त्रस धम्की संग,
म एक्लो छु उस्का पो सयछन कस्लाई सुनाउ ।।
कति लुकाउने मन भित्रका ती पिडाहरु अब ,
हस्दा हास्दै कस्तो आसु बगेछन कस्लाई सुनाउ ।
तिमी जे सुकै भन मित्रहरु अचेल मेरा लागी,
दुःखका दिन पनि सुखमयछन कस्लाई सुनाउ ।
लेखकः दिनेश भट्ट भावुक
आलिताल ८ डडेल्धुरा नेपाल