समाचार
सधैँझैँ उनी सबेरै उठेर घरको काम गर्न थालिन्
आफ्नी आमा र परिवारलाई अन्तिम पटक अलविदा भनेर गइन्
अन्तिम पटक आफ्नो साथीको घरमा पढ्न गएकी छोरी
फर्किएर आफ्नो घर आइनन् कहिल्यै फेरि
राति हुँदासम्म नआएपछि आमाको मन आत्तियो
के भयो सोच्दा सोच्दै निर्मलाको सम्मान खोसियो
छोरीको खोजीमा हिँडेकी आमा
भेटिनन् आफ्नी आँखाकी तारा
प्रहरीलाई खबर गर्दा आमाको गुहारको वास्ता भएन
निर्मलाको त्यो अन्तिम पटकको रुवाइ कसैले सुनेन
लास भेटेपछि प्रहरीले प्रमाण मेटाउन खोजे
त्यसपछि जनताले आन्दोलन गर्न रोजे
न त निर्मलाको निर्दोष आत्माले न्याय पायो
न त नेपाली कानूनले न्याय दिलाउनै सक्यो
अपराधी यो हो भनी जनताले थाहा पाउँछन्
तर त्यो होइन भन्ने डी.एन.ए. परिक्षणले जनाउँछन्
न्यायका लागि लड्नेहरूलाई पनि असुरक्षित बनाए
अब मान्छेहरू न्याय माग्न पनि डराए
निर्मलाको परिवारले पटक पटक गुहार लगायो
उनले न्याय पाउने आश हरेक पटक हराउँदै गयो
आज सात वर्ष बितिसक्दा पनि खै
किन दुःख भोग्नुपर्ने पिडितले नै
आस आजसम्म पनि छ न्यायको
कसले होला त्यो कोमल मुटुको धड्कन खोसेको
दिव्यता बराल
सेन्ट मेरिज माध्यमिक विद्यालय