आख्यान–श्रृङ्खला
काठमाडौंँ ।
पछिल्लो समय युवाहरु विदेश पलायन संख्या बढ्दै गइरहेको छ । यो विषयमा सरकारले धेरै वकालत त गर्छ, चर्का चर्का भाषण पनि हुन्छन् । तर, दीर्घकालीन रुपमा कसरी निर्मुल पार्न सकिन्छ त्यो तर्फ कहिल्यै पनि गम्भीर भएर सोच्न सकेन ।
फलस्वरुप उर्जाशील दक्ष जनशक्ति दिनमा दुई गुना रातमा चौगुना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सप्तरङ्गी फूलको माला र खादा पहिरिएर चाँडै फर्किने आशमा आँखा भरि आँशु पारेर बृद्ध बा, आमार आफ्ना श्रीमती, लालाबालालाई छाडेर परदेसिन बाध्य बनेकाहरुको पिडालाई गीतको माध्यमबाट सन्देश दिने प्रयास गरेका छन् लोकप्रिय गायक राम कुमार नेपाली र गंगा सोनमको स्वरमा ‘झ्याँडी खोला’ बोलको मर्मश्पर्शी गीतको भिडियो भारती पिक्चर्स युवटुव च्यानलबाट सार्वजनिक भएको छ ।
अमृत भारतीको शब्द, रामकुमार नेपालीको संगीत, संगीत संयोजन रहेको गीतको भिडियोमा दिनेश के.सी. अमृत भारती, सुजन गौतम लगायतको जीवन्त अभिनय रहेको छ ।
‘झ्याँडी खोला गीतको भिडियोलाई रवीन्द्र बरालले खिचेका हुन् भने अच्युत बजगाईंले सम्पादन गरेका हुन् । भिडियोलाई लिगेश भट्टराईले निर्देशन गरेका हुन् । भिडियोलाई भारती पिक्चर्स अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
