संस्मरण
काठमाडौँ ।
अमृता कठायत (बस्नेत)द्वारा लिखित ‘कर्णालीकी छोरीः संघर्ष, सेवा र समर्पणको गाथा’ पुस्तक विमोचन गरिएको छ । प्रदेशसभा सदस्य देवेन्द्र बहादुर शाही र चन्दननाथ नगरपालिका उप-प्रमुख रामदेवी खड्काले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।
पुस्तक विमोचन गर्दै प्रदेशसभा सदस्य देवेन्द्र बहादुर शाहीले भने, ‘उनी शिक्षिकामात्र होइनन्, उनी समाजको आत्मा हुन् ।’ यस्तै नगरपालिका उपप्रमुख रामदेवी खड्काले भनिन्, ‘अमृताले नारीहरूलाई सिकाइन्आत्मनिर्भरता भनेको सौन्दर्य हो, र शिक्षा भनेको मुक्ति ।’ यो पुस्तकपछि अमृता कठायत (बस्नेत) एउटा नाम नभइ एउटा प्रेरणा रहेको । एउटी छोरीमात्र नभइ कर्णालीको उज्यालो भएको तथा एउटा कथामात्र नभइ युगको अभिलेख रहेको भन्दै चर्चा गरिएको छ ।
२३२ पृष्ठ, ४६ अध्यायको यो पुस्तकका प्रत्येक पानामा एउटा धड्कन, एउटा सपना, एउटा आँसुसँगै अमृताको संघर्षको दस्तावेज रहेको बताइएको थियो । यो अमृतासँगै कर्णालीकी छोरीहरूको सामूहिक कथा, हजारौं वर्षको मौनता रहेको पुस्तक विमोचनका क्रममा सहभागीले बताएका छन् ।
