समाचार
काठमाडौँ ।
गायक विधान श्रेष्ठले ’प्रीति कथा’बोलको नयाँ गीत बजारमा ल्याएका छन् । विधानकै शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोमा कलाकार विजय कार्की र सोफी धरेलको अभिनय छ ।
गीतमा विधानको स्वर छ भने अमुल कार्कीले एरेन्ज गरेका हुन् । नकुल कार्कीले रेकर्ड गरेको यो गीतमा प्रेमभाव समेटिएको छ ।
फिल्म ‘रियाल रिंगेट’का निर्देशक विभोर पोख्रेलले गीतको भिडियो निर्देशन गरेका हुन् । ‘यो नानीको शिरैमा’बोलको चर्चित गीत गाएका गायक विधानले पाँच वर्षपछि नयाँ गीत सार्वजनिक गरेका हुन् । यसअघि उनको स्वरमा ‘खुकुरी’बोलको गीत बजारमा आएको थियो । विधान ’सोल्टिनी भनी’, ’कान्छीको अल्लारे जोवन’, ’माछी मार्न जाऊँ न दाजै’जस्ता चर्चित गीतका गायक हुन् ।
