• २०८२ कार्तिक ४, मंगलवार

यात्री

महाकविलक्ष्मीप्रसाद देवकोटा जयन्ती विशेष

महाकविलक्ष्मीप्रसाद देवकोटा जयन्ती विशेष

काठमाडौं ।

धोबीधारा निवासी पण्डित तिलमाधव देवकोटा तथाश्रीमती अमर राज्यलक्ष्मीदेवी देवकोटाका सुपुत्रका रूपमा लक्ष्मीप्रसाद देवकोटाको जन्मविक्रम संवत् १९६६ साल कार्तिक २७ गते शुक्रबारका दिनभएको थियो । नेपालमा स्वच्छन्दतावादी भावधाराका प्रवर्तक महाकवि देवकोटा मानवताका पुजारी हुनुहुन्थ्यो । जसको छनक उहाँका अमर रचनाहरूमा हामी पाउँनसक्छौं । देवकोटाद्वारा रचित कृतिहरू प्रायः जसो सबै कालजयी भए । पचास वर्षकै आयुमा यस संसारबाट सधैंका लागि बिदा हुनुभएका महाकवि देवकोटा आफ्नातिनै कृतिहरूका कारण नेपाल र नेपाली रहेसम्म सधैं अमर रहनुहुनेछ । देवकोटा विलक्षण प्रतिभाका धनी हुनुहुन्थ्यो । उहाँले शाकुन्तल महाकाव्यदेखि प्रमिथस, सुलोचना, मुनामदन, लक्ष्मी गीतसङ्ग्रह, लक्ष्मीकवितासङ्ग्रह, नाटक, उपन्यास, लक्ष्मीनिबन्धसङ्ग्रह, पहाडी पुकार इत्यादि थुप्रै कृतिहरूको सृजना गरी नेपाली साहित्यलाई ठूलो योगदान पुर्याउनु भएको छ । उहाँमा असाधारण प्रतिभा र क्षमता थियो । तीनमहिनामा शाकुन्तलमहाकाव्य र दशदिनभित्र सुलोचनामहाकाव्य रचनागर्नसक्ने अथाह विलक्षण शक्तिभएका स्रष्टा कमै मात्रजन्मिन्छन् ।विक्रम संवत् २०१६ सालभदौ २९ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाले सधैंकालागि आँखा चिम्लनुभयो ।

आज महाकविको जयन्ती विशेषको अवसरमा उहाँका सर्वप्रिय यात्री कविता प्रस्तुत गर्दछौं ।

यात्री

कुन मन्दिरमा जान्छौ यात्री,  कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो ?
मानिसहरूको काँध चढी, कुन देवपुरीमा जाने हो ?

हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दीवार
मस्तिष्कको यो सुनको छानो, इन्द्रियहरूका द्वार
नसा–नदीका तरल तरङ्ग, मन्दिर आफू अपार
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार ?

मनको सुन्दर सिंहासनमा, जगदीश्वरको राज
चेतनको यो ज्योति हिरण्मय, उसको शिरको ताज
शरीरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ ।

भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिँड्छौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दूर ?
खोजी गर्छौ ? हृदय लगाऊ, बत्ती बाली तेज प्रचुर ।

साथीयात्री ! बीच सडकमा, ईश्वर हिँड्दछ साथ
चुम्दछ ईश्वर काम सुनौला, गरिरहेको हात
छुन्छ तिलस्मी करले उसले, सेवकहरूको माथ ।

सडक किनारा गाउँछ ईश्वर, चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको पीडा, दुःखको गानामा
दर्शन किन्तु कहीँ दिँदैन, चर्म–चक्षुले कानामा
कुन मन्दिरमा जान्छौ यात्री, कुन नवदेश बिरानामा ?

फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ
मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
मानिसहरू भई ईश्वरको यो दिव्य मुहार हँसाऊ ।