• २०८२ कार्तिक ११, मंगलवार

युवा र देश

अर्जुन झा

अर्जुन झा

युवा नै हुन् देशका कर्णधार
जानेका छन् बुझेका छन् सारा संसार

अमेरिका जस्तो देश पनि युवाको काँधमा टिकेछ
युवाकै सहायताबाट विकसित हुन् पुगेछ

हामी पनि चाहन्छौं भने यस्तै सुन्दर समाज
देशको लागि कर्म गर्ने प्रण गरौँ आज

यहाँका युवालेनि दिएकाछन् योगदान
यस्ता राष्ट्र सेवकले पाउनु भाछ सम्मान

आज पनि खोज्दा पाइन्छन् गौतम वुद्ध अरनिको
पसाङ्ग ल्हामुको झैं साहस र आदर्श जनकजीको

आऔँ हामी सबै मिलि गाऔँ यस्तो गीत
युवाकै सबलतामा रहेछ देशको हित

यसको लागि व्यवस्थापनले गर्नुपर्ने पहल
युवा पनि आफैंमा बन्नु पर्छ सबल

याद राखौं सबै मान्छेमा विशेष गुण हुन्छ
कला विज्ञान जस्ता अनेकौं क्षेत्रमा उच्च शिखर छुन्छ

अद्वितीय आफ्नो गुणलाई पहिचान गर्नुपर्ने
देश हितमा त्यहि अनुरुप योगदान गर्नु पर्ने

अनि हाम्रो देशको झन्डा पुग्ने छ गगनमा
सुख शान्ति समृद्धिको भावना हुनेछ सबको मनमा

यति रहेछ युवा र देश बिचको वाणी
बुझे पछि आफैं बनौँ सफलताको कहानी !!


अर्जुन झा
सर्लाही