लेख

काठमाडौं, असोज ३० ।
मन्नु भण्डारीको लेखनको बोधगम्यता उनको व्यक्तित्वको सहजता हो । उनको लेखन र व्यवहारमा कुनै अन्तर छैन । ९० वर्षको आयुमा भण्डारीको निधनपछि सम्पूर्ण साहित्य जगत र उनका पाठक वर्गको विराट संख्या मानौँ शोकमा डुब्यो । लामो सयम विरामी अवस्थामा रहेकी उनको लेखन पनि लगभग छुटिसकेको थियो । यद्यपि उनी स्त्री लेखनको मजबुत कडी बनिरहिन् । वास्तवमा उनी त्यस दौरमा लेखिरहेकी थिइन्, जतिबेला थोरैमात्र महिलाहरू लेखिरहेका थिए, जसको संख्या औंलामा गन्न सकिन्थ्यो । तात्कालीन भारतीय समाज संक्रमणकालबाट गुजरिरहेको अवस्था थियो । एक प्रकारले मध्यमवर्गीय परिवारहरूमा विखंडन शुरू भइसकेको थियो र महिलाहरू आफ्नो अस्मितालाई लिएर मुखर भइरहेका थिए ।
मन्नु भण्डारी त्यस दौरमा एक सुधारवादी दृष्टिकोणका साथ कथा जगतमा आइन् । सोही दौरमा महिलाहरू घरबाट बाहिर निस्केर कामकाजी बने । उनिहरूको जीवन फेरियो र सोचमा पनि बदलाब आयो । यस यथार्थ र बदलावलाई भण्डारी थुप्रै कोणहरूबाट देखिरहेकी थिइन् । मनन गरिरहेकी थिइन् ।
उनले कामकाजी महिलाहरूको जीवन–प्रसङ्ग, उनको समस्याहरूलाई केन्द्रमा राखेर थुप्रै कथाहरू लेखिन् । सादा शिल्प, परिवेशमाथि गहिंरो दृष्टि र कथ्यको सहजता उनलाई हरेक दौरमा प्रासंगिक बनाइरह्यो । मन्नु भण्डारी नव कथा आंदोलनको प्रमुख हिस्सा रहिन् । जसको शुरुवात कमलेश्वर, मोहन राकेश, राजेन्द्र यादव र भीष्म साहनीजस्ता लेखकहरूले गरेका थिए । भण्डारीलाई त्यस्तो लेखिकाहरूमा गनिन्छ, जसले नयाँ दौरमा भारतकी महिलाहरूको संघर्ष र चुनौतिहरूलाई रचिरहिन् । उनको दौरकी तमाम लेखिकाहरूमाथि पनि यसको असर देखा पर्यो ।
मन्नु भण्डारीसँग लामो समय साथै रहेकी लेखिका सुधा अरोडाको अनुसार, “मन्नु जीमा जीवनको प्रतिकूल स्थितिहरूसँग लड्ने ताकÞत र एउटा निर्णय लिएर त्यसमाथि अडिग रहने उनको जिदले, उनको जीवनलाई एक समाज वैज्ञानिकको दृष्टिकोणले विश्लेषित गर्ने माग गर्दछ, जो आउँदो सदिसम्म बीसको दशकमा जन्मेकी महिलाहरूको समाज, परिवेश र मूल्यको पड़तालका लागि एक उदाहरणको रूपमा प्रस्तुत गरिनेछ ।“ चर्चित लेखिका उषा किरण खान मन्नु भण्डारीको योगदानमाथि चर्चा गर्दै भन्नुहुन्छ, “मन्नु भण्डारीले हिन्दी कथा साहित्यलाई विश्वसनीय ऊचाई प्रदान गर्नुभएको छ । आधुनिक संवेदनाबाट लवरेज सहज भाषा, उनको मौलिकता रहयो । भण्डारीले सतत स्त्री पक्षमा उभिने चुनाव गनुभयो । महिला महानगरकी होउन् वा गाउँघरकी, बडो संयत भावले कलममाथि आएर विराजित हुन्थिन्, जसलाई उहाँले कथाहरूमा कहिल्यै कमजोर हुन दिनुभएन । बरु आगामी बाटो पनि सुझाउनुभयो ।“
उषाकिरण खान हिन्दी साहित्यमा मन्नु भण्डारीको योगदानलाई रेखांकित गर्दै सुनाउँनुहुन्छ, “उहाँले कोमल कथाकारको तमगा एक झट्कामा तोडिदिनुभयो । महाभोजजस्तो कृति लेख्नुभयो, जसमा राजनीतिको क्रूर क्रियाकलापहरूलाई उहाँले खोलेर राखिदिनुभएको छ ।“ चर्चित कथाकार मनीषा कुलश्रेष्ठले उहाँलाई स्मरण गर्दै भन्नुहुन्छ, “हिन्दी कहानीमा नयाँ तेवर र नयाँ स्वादको साथ साठीको दशकमा जब मन्नु जीको पदार्पण भयो, त्यसै समय उहाँलाई हिन्दीको कथा जगत र पाठकहरूले सजिलै पहिचान गरेका थिए । संवेदनशील, सरल, संतुलित, कसिलो लेखन मन्नु जीको लेखनको पहिचान थियो । शब्दहरूलाई लिएर उहाँ मितव्ययी रहनुभयो । आजको दौरमा जब लेखक आफ्नो लेखिएको वाक्यमाथि कैंची चलाउँदा मोहग्रस्त हुन्छन्, त्यही मन्नु भण्डारीले अद्भुत आत्मसंयमताका साथ ’यही सच है’ जस्तो प्रेमको द्वन्द्वको कथा लेख्नुभयो, जो प्रेम कथाहरूमा मिसाल बनेर विद्यमान रहनेछ ।“
त्यही प्रसिद्ध आलोचिका रोहिणी अग्रवाल उनलाई आफ्नो तरिकाको पहिलो कथाकार मान्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “मन्नु भण्डारीलाई यस मानेमा हिन्दीको प्रारंभिक कहानीकार मान्नुपर्छ किनभने उहाँले पुरुष उत्पीडनको शिकार महिलाहरूको लाचारीलाई चित्रित गर्नुको साटो, यस्तो नारी परिदृश्य लिएर आउनुभयो जो तमाम नेकनीयती र सदाशयताको बावजूद अफ्नै अंतर्विरोधहरू र कपटपूर्ण आचरणबाट आफ्नो चारैतिर मकुडीको जालो बुन्नन थाल्छिन् । “हंस कथा सम्मानबाट सम्मानित युवा लेखिका योगिता यादवको अनुसार, “लेखक त्यो अद्भुत व्यक्तित्व हो, जसको रचना कसैको मनलाई बाध्ने, रोक्ने वा त्यसलाई प्रेरित गर्ने क्षमता राख्छ । हाम्री प्रिय लेखिका मन्नु भण्डारी यस हुनर की महारथी हुन् । म मन्नु जीलाई सधैं ’आपका बंटी’ को लागि सम्झिरहने छु । उहाँको उपन्यासको त्यो पहिलो दृश्य, जसमा एक बच्चले टेबलमाथिका सारा सामान फैलाइदिन्छ, त्यो म भित्रको स्त्री र समयको स्वच्छंदतालाई चुनौती दिन्छ । स्त्री–पुरुषको संसार, उनको लाभ–हानि, प्रेम–प्रपंचहरूको बीच कोही तेस्रो पनि छ, जसमाथि उनको निर्णयको असर पर्छ ।“
योगिता यादव मन्नु भण्डारीको लेखनबाट पड्ने असरको बारेमा भन्नुहुन्छ, “मेरो समयकी स्त्री यति आत्मनिर्भर छिन् कि उनी स्वयम्का लागि कुनै पनि फैसला लिन सक्छिन् । तर ’आपका बंटी’ का बंटी मेरो सप्को समातेर रोक्छ । उनले मलाई अझै संयमशील र अझै धैर्यवान बन्नका लागि प्रेरित गर्छ । किनभने हामीलाई आफ्नो नयाँ पुस्ताका लागि पनि केही बचाएर राख्नु छ । यो मन्नु भण्डारी बाहेक कसले भन्न सक्थ्यो ।“ एउटी लेखिकाको हैसियतले मन्न भण्डारीको योगदानबारे चर्चा गर्दै सुधा अरोडा सुनाउँनुहुन्छ, “मन्नु जीले परिमाणमा एकदमै धेरै लेख्नुभएको छैन, तर जति लेख्नुभयो त्यसमा जीवनको यथार्थ यति सहजता, आत्मीयता र गहिरोंसँग दृष्टिगोचर हुन्छ कि त्यो पाठकलाई छुन्छ । उहाँले आफेनो कथाका पात्रहरूका आन्तरिक कक्षका हरेक संवेदनशील कुनालाई निकै मार्मिकता र प्रामाणिकताका साथ पस्किदिनुहुन्छ ।“
विविसी हिन्दीबाट विजेता चौधरीले गर्नुभएको भावानुवाद
https://www.bbc.com/hindi/india-59291934