समाचार

काठमाडौं ।
गायक लक्ष्य विश्व र गायिका शान्तिश्रीको स्वरमा रहेको गीत ‘बचन हजुरलाई’ सार्वजनिक भएसँगै दर्शक स्रोताको रुचाइमा परेको छ । लक्ष्य विश्वले लोक लयमा आधारित गीत ‘बचन हजुरलाई’ ‘पूर्व जनमुक्ति सेनाले गरेको त्याग र तपस्या को आज कुनै मूल्याङ्कन नभएको विषयलाई गीतमा उतारिएको बताएका छन् । सुनिल नेपालीको शब्द, रञ्जित सुनारको संगीतमा तयार पारिएको गीतलाई पछिल्लो समयका धेरैको रोजाइमा परेका एरेन्जर मदन केसीले एरेन्ज गरेका छन् ।
‘बचन हजुरलाई’ गीतको भिडियोलाई लक्ष्य विश्वको अफिसियल यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । ‘बचन हजुरलाई’ भिडियोमा जेरी भण्डारीको कोरियोग्राफी र निर्देशन रहेको छ । आशिष गजमेर र रचना न्यौपाने फिचर्ड भिडियो सम्पादन नविन घर्ती मगरले गरेका हुन् । भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् ।