• २०८१ फागुन ३ शनिवार

सखी प्रतिष्ठानद्वारा नारी दिवस मनाइयो

२६ फागुन, २०७८, काठमाडौँ

सखी प्रतिष्ठानले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा २०७८ फागुन २५ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा छलफल तथा काव्यवाचन कार्यक्रमको आयोजना गर्यो ।

प्रतिष्ठानको स्थापना दिवसको अवसरमा आयोजित सो कार्यक्रममा राष्ट्रिय सूचना आयोगका माननीय सूचनाआयुक्त अधिवक्ता कमला ओली, शिक्षासेवी एवं साहित्यकार गीता खरेल सिवाकोटी, व्यवसायी एवं गीतकार अस्मिता सुमार्गी, गुन्जनकी उपाध्यक्ष साहित्यकार इल्या भट्टराई, अतुल स्मृति गुरुकूलकी अध्यक्ष बन्दना गौतम, डा. सृष्टि प्रजापति, प्रहरी निरीक्षक जया बस्नेत, गृहिणी रेखा घिमिरे, समाजसेवी डा. माला खरेल, कवि- रेखा यादव, अधिवक्ता शान्ति खनाल, इन्जिनियर- पारु तिमिल्सिना लगायतले नेपाली महिलाहरुले भोग्नु परेका समस्या, चुनौती र अवसरकाबारे छलफल गरेका थिए ।

सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको सभापतित्वमा सम्पन्न सो कार्यक्रम प्रतिष्ठानकी महासचिव एल्सा झाले संचालन गर्नु भएको थियो ।