• २०८२ कार्तिक १, शनिबार

बासुदेव गौडेल्कोको “रुट्स इन नेपाल, विंग्स इन क्यानडा” पुस्तक विमोचन

पोखरा ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गण्डकी च्याप्टरको आयोजनामा साहित्यकार बासुदेव गौडेलको (Roots in Nepal, Wings in Canada) नामक पुस्तकको विमोचन कार्यक्रम सम्पन्न भएको खबर छ । कार्यक्रम दुर्गा शाह बाबाको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि चन्द्रप्रकाश बानियाँ र विशिष्ट अतिथि सरुभक्त उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रमका समीक्षक डा. यमबहादुर छेत्रीले उक्त कृति Roots in Nepal, Wings in Canada ले नेपाल र क्यानडाका सामाजिक, सांस्कृतिक तथा राजनीतिक परिवेशका विविध पक्षहरूलाई सजीव रूपमा समेटेको टिप्पणी गर्नुभयो । कार्यक्रममा स्रष्टाको परिचय आदर्श सापकोटाले प्रस्तुत गर्नुभएको थियो भने शुभकामना मन्तव्य शोभाकान्त गौडेलले व्यक्त गर्नुभयो । पुस्तकको एक अंश सहारा स्वीकृतिले वाचन गरेकी थिइन् ।

रीडर्स कर्नर, न्युरोडमा सम्पन्न सो कार्यक्रमको स्वागत मन्तव्य डा. कालू शर्माले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन असफल गौतमले गर्नुभएको थियो ।