• २०८२ आश्विन ३०, बिहीबार

अभिनव कमला संघर्षशील नारी सम्मान गार्गी र सरस्वतीलाई

काठमाडौं ।

अभिनव साहित्य समाजले ‘अभिनव कमला संघर्षशील नारी सम्मान २०८२’ पुराणवाचकाद्वय गार्गी चौलागाईं ‘शाकम्भरी’ र सरस्वती चौलागाईं ‘शाम्भवी’लाई संयुक्त रूपमा प्रदान गरेको छ । सम्मानकासाथ नगद राशि २५ हजार रुपैयाँ समेत प्रदान गरियो ।

काठमाडौंमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार रोचक घिमिरे लगायतले साहित्यकार विमल अर्यालको कथाकृति ‘अन्तर्मनका तरंग’ विमोचन गरे । उक्त अवसरमा साहित्यकार रमेशप्रसाद खनालले सार्वजनिक कथाकृतिमाथि समीक्षात्मक टिप्पणी गरे ।

कार्यक्रममा प्रमुख अतिथि घिमिरे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामा, समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’, विमल अर्याल लगायतले मन्तव्य राखे । २०३८ सालदेखि सिर्जना गर्न थालेका कथाकार अर्यालका यस कृतिमा ५१ वटा कथा संकलित छ ।