• २०८२ कार्तिक १५, शनिबार

निराजन रेग्मीको कवितासंग्रह ’समय निस्सासिएको प्रहर’ सार्वजनिक

काठमाडौँ, ।

कवि निराजन रेग्मीको पहिलो कविता संग्रह ’समय निस्सासिएको प्रहर’ सार्वजनिक भएको छ । यात्रा पब्लिसिङ हाउसले प्रकाशन गरेको कविता संग्रहको भच्र्युअल विमोचन सुप्रसिद्ध कवि, गीतकार तथा सम्पादक विप्लव प्रतीक र सञ्चारकर्मी लक्ष्मण कार्कीले गरेका हुन् ।

५२ वटा कविता समेटिएको कविता संग्रह कवि तथा गीतकार विप्लव प्रतीकले सम्पादन गरेका छन् । कविता संग्रहमा विभिन्न समय र परिवेश समेटिएको सम्पादक प्रतीकले बताए ।

३ सय ९९ रूपैयाँ मूल्य राखिएको कविता संग्रह नेपालका विभिन्न पुस्तक पसलका साथै अनलाइनमा किताव यात्रामार्फत अर्डर गर्न सकिने यात्रा पव्लिसिङ हाउसका अध्यक्ष ऋषि अधिकारीले जानकारी दिए ।