• २०८२ कार्तिक २१, शुक्रबार

मुखियाको सिंहासनमा चट्याङ परेको छ

चेतन काफ्ले

चेतन काफ्ले

मेघको गर्जन र हावाहुरीले, असिना झारेको छ
एक्कासी मुखियाको सिंहासनमा चट्याङ पारेको छ !

बेथिति, सत्ताकब्जा र कुशासनले सीमा नाघेपछि
जन्जनमा सत्ताप्रति निरासा र आक्रोस जागेपछि !!

मेघको गर्जन र हावाहुरीले असिना झारेको छ
एक्कासी मुखियाको सिंहासनमा चट्याङ पारेको छ !!

पैसा नक्कली ,आन्दोलन, अनि नक्कली भो मृत्यु पनि
सत्ता लिप्त अहंकारी, धुन्धुकारिको सेखी झारेको छ !!

मेघको गर्जन र हावाहुरीले, असिना झारेको छ
एक्कासी मुखियाको सिंहासनमा, चट्याङ पारेको छ !!

खबरदार ! कुनै सम्झौता होला, बलिदानी विरुद्धमा
चल्दैन देश अब त्यसरी जन चाहना विरुद्धमा !!!

मेघको गर्जन र हावाहुरीले ,असिना झारेको छ
एक्कासी मुखियाको सिंहासनमा, चट्याङ पारेको छ !!!


चेतन काफ्ले
बानेश्वर,काठमाण्डौ ।