• २०८२ आश्विन २१, मंगलवार

साहित्यकार प्रमोद प्रधानको “नेपाली यात्रासाहित्य कृतिकोश“ लोकार्पण

काठमाडौँ ।

दसैंको अवसर पारेर सप्तरीको कंचनरूप नगरपालिकामा साहित्यकार प्रमोद प्रधानको ४६औं कृति “नेपाली यात्रासाहित्य कृतिकोश“को लोकार्पण गरिएको छ। साहित्यकार प्रमोद प्रधानको ससुराली गाउँमा सम्पन्न उक्त कार्यक्रममा लेखकका ससुरबुबा बुबा फणीन्द्रकुमार श्रेष्ठ, कंचनरूपस्थित नन्दराज सङ्ग्रौला क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष गिरिराज सङ्ग्रौला र दाजु नागेन्द्र श्रेष्ठले पुस्तक लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा बुबा फणीन्द्रकुमार श्रेष्ठ, श्री गिरिराज सङ्ग्रौला र भूमिका श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम हरिमोहन श्रेष्ठले संचालन गर्नुभएको थियो । सोही कार्यक्रममा नन्दराज सङ्ग्रौला क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गिरिराज सङ्ग्रौलालाई क्याम्पस पुस्तकालयका लागि प्रमोद प्रधान र ब्यूटी श्रेष्ठले केही पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।