कविता

विराटनगर, मोरङ,।
कवि शैलेन घिमिरेको कवितासङ्ग्रह ’अनुभूतिका रङहरूझ लोकार्पण गरिएको छ । विराट साहित्य सङ्गमको आयोजना र ’आलेखझ साहित्यिक मासिकको प्रायोजनमा एलिट क्लब विराटनगरको सभाकक्षमा सम्पन्न भएको थियो ।
सङ्गमका अध्यक्ष मधु पोखरेलको सभाध्यक्षता, प्रखर प्रगतिवादी कवि कुन्ता शर्माको प्रमुख आतिथ्य,वरिष्ठ समालोचक प्रा. डा.टङ्क न्यौपाने, वरिष्ठ कवि विवश पोखरेल, प्राज्ञ खेम नेपाली, साहित्यकार केशव सुनाम,साहित्यकार गङ्गा सुवेदीको विशिष्ट आतिथ्य ,प्रा. डा. चक्रपाणि खनाल, प्रा. डा.खगेन्द्र आचार्य, प्रा. डा.मेदनीप्रसाद नेपाल, डा.इन्दिरा आचार्य मिश्र,कवि मीनकुमार श्रेष्ठ ’नवोदितझ, कवि दिनेश सुवेदी, कवि बुद्धदेव प्रसाद घिमिरे, सङ्गीतगुरु कुशेश्वर राई, प्रा. डा. मीनराज ढकाल ,कवि यज्ञ सुवेदी, राजनीतिक विश्लेषक दिनेश श्रेष्ठ र दीपेन्द्र घिमिरेको आतिथ्य र साहित्यकार भवानीप्रसाद पोखरेल, कवि केशु विरही, कवि नवराज नवशिला, कवि प्रिन्स प्रमोद ढकाल, कवि गोपाल निर्भीक,कवि शङ्कर सुवेदी उत्स,साहित्यकार जे. बी. खत्री,कवि तथा पत्रकार सुजाता राई, कवि भीम कोइराला, कवि जीवन काफ्ले, कवि शिवनारायण सिङ्गल, कवि गोविन्द ढुङ्गाना, कवि अम्बिका खरेल उप्रेती लगायत लगभग १५० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य कविता केशरी, कृतिकारको परिचय कवि अच्युत घिमिरे, कृतिसमीक्षा निर्मला कोइराला र कार्यक्रमसञ्चालन कवि हरि कट्टेलले गरेका थिए ।
कार्यक्रममा भरत बर्बरिकले सङ्ग्रहभित्रको ’यात्रा सुरु गरिरहेछुझशीर्षकको कविताको बेजोड अभिनयात्मक प्रस्तुति गरेका थिए भने डोमी कामतले लालटिन र कर्ण सञ्जयले जीवन, यात्रा र बिसौनीहरू कविताको मैथिली अनुवाद गरेर वाचन गरेका थिए । यसरी नै कृतिभित्रबाट प्रयाग न्यौपानेले बुवा,नानुमैया दाहालले पिँध, उमेश लुइँटेलले बाटो र रञ्जना भट्टराईले यात्रा जिन्दगीको शीर्षकको कविता वाचन गरेका थिए ।
खेम नेपाली, केशव सुनाम, डा. इन्दिरा आचार्य मिश्र, गङ्गा सुवेदी, विवश पोखरेल, प्रा. डा. टङ्क न्यौपाने र प्रमुख अतिथि कुन्ता शर्माले कवि शैलेन घिमिरेको लोकार्पित कृतिभित्रका कविताहरू उद्धरण गर्दै नेपाली कवितासाहित्यमा उनको योगदानको चर्चा गरेका थिए ।