• २०८२ आश्विन २२, बुधबार

मुक्तिनाथ दर्शन साहित्य समाजको पाँचौँ वार्षिकोत्सवमा सम्मान तथा पुरस्कार घोषणा

काठमाडौं ।

मुक्तिनाथ दर्शन साहित्य समाज, नेपाल–काठमाडौँको पाँचौँ वार्षिकोत्सवको अवसरमा यस वर्ष २०८२ साल माघ २४ गते शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने सम्मान तथा पुरस्कारको सूची सार्वजनिक गरिएको छ ।

समाजको सम्मान तथा पुरस्कार छनोट समितिको निर्णयअनुसार १५ जना सर्जकहरूले यस वर्ष विभिन्न शीर्षकका सम्मान तथा पुरस्कार पाउने हुनुभएको छ । प्रत्येक सम्मानसहित नगद १५ हजार रुपैयाँको व्यवस्था गरिएको छ ।

सम्मानित व्यक्तित्व र संस्थाहरूमा पूर्व प्र.जि.अ तथा सशक्त पद्यकवि प्रह्लाद पोख्रेल ‘दीनानाथ–हेमकुमारी ओझा स्मृति नेपाली साहित्य उद्वोधन सम्मान तथा पुरस्कार’बाट सम्मानित हुनुहुनेछ । त्यसैगरी पद्यकवि कृष्णशरण उपाध्याय ‘सूर्यबहादुर केसी स्मृति नेपाली साहित्य उन्नयन सम्मान तथा पुरस्कार’बाट, भागवत सन्यासाश्रम गुरुकुल राममन्दिर, पशुपति क्षेत्र, काठमाडौं ‘मीनाखरेल स्मृति सनातन वैदिक हिन्दू धर्म संरक्षण÷संवद्र्धन सम्मान तथा पुरस्कार’बाट, बूढानीलकण्ठ वेदविद्याश्रम ‘रामप्रसाद–रुद्रकुमारी भुर्तेल स्मृति सनातन वैदिक धर्म संरक्षक सम्मान तथा पुरस्कार’बाट, समालोचक, लेखक तथा प्रकाशक मधुसुदन सुवेदी ‘तुजाखग सिग्देल स्मृति अध्यात्म शिरोमणि सम्मान तथा पुरस्कार’बाट, कवि तथा पत्रकार सुमित्रा सुमी ‘आनन्द देव भट्ट स्मृति साहित्यिक पत्रकारिता पुरस्कार’बाट, साहित्यिक पत्रकार अश्विनी कोइराला ‘शेरबहादुर कान्छी उप्रेती स्मृति पत्रकारिता सम्मान तथा पुरस्कार’बाट, सशक्त पद्यकवि निर्मोही व्यास ‘टीकाप्रसाद–नारायणी काफ्ले स्मृति साहित्य सम्मान तथा पुरस्कार’बाट, कवि तथा गजलकार धनराज गिरी ‘हरिराज–हरिप्रिया वराल स्मृति साहित्य सम्मान तथा पुरस्कार’बाट, पद्यकवि गोविन्द घिमिरे ‘वेदमणि’ ‘सूर्यबहादुर–विष्णुकुमारी पण्डित स्मृति नेपाली साहित्य उन्नयन सम्मान तथा पुरस्कार’बाट, समालोचक लक्ष्मणप्रसाद गौतम ‘मनोरञ्जन रमण शर्मा नेपाली साहित्य उन्नयन सम्मान तथा पुरस्कार’बाट, महाकाव्यकार तथा आख्यानकार भुवनहरि सिग्देल ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्य सम्मान तथा पुरस्कार’बाट, सशक्त गद्यकवि महेश प्रसाई ‘महेश्वरलाल–शारदा श्रेष्ठ स्मृति नेपाली साहित्य उन्नयन सम्मान तथा पुरस्कार’ सुसेली/मुक्तककार तथा सुसेली फाउन्डेसनकी उपाध्यक्ष सुशीला ढकाल अधिकारी ‘मुक्तिनाथ त्रैमासिक सुसेली सम्मान तथा पुरस्कार’बाट सम्मानित हुनुहुनेभएको छ ।

यस अवसरमा समाजले नेपाली साहित्य, संस्कृति तथा वैदिक धर्मको प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउने स्रष्टा र संस्थाहरूलाई निरन्तर सम्मान गर्दै आएको जनाएको छ ।