समाचार
काठमाडौं ।
अस्ट्रेलियाको सिड्नी र क्यानबेरामा बसेर साहित्य सिर्जना गरिरहेका नौ महिला स्रष्टाहरूले नवदुर्गा स्वरूपलाई समर्पण गर्दै कविता वाचन गरे ।सिड्नीमा आयोजित कार्यक्रममा नौ स्रष्टाले कवितामार्फत नवदुर्गाको स्मरण गरे । उक्त अवसरमा क्यानवेराकी कवि महता घिमिरे चापागाईंले ‘म शैलपुत्री’ शीर्षकको कविता वाचन गरिन् । त्यस्तै साहित्यकार ममता मिश्रले देवी कुश्माण्डामाथि लेखिएको कविता वाचन गरिन् ।
कविचा वाचन कार्यक्रममा कविहरू अनेसास एनएसडब्ल्यूकी भावना पराजुली, रिचा गौतम, श्वेता मैनाली, सुधिरा शाह, प्रतिज्ञा अधिकारी, प्रज्ञा पनेरु, सानु घिमिरेले आआफ्ना कविता वाचन गरे ।
अनेसास अस्ट्रेलिया, एसोसिएसन अफ भुटनीज इन अस्ट्रेलिया र ब्ल्याकटाउन नेपलिज सोसाइटीसँगको सहकार्यमा कार्यक्रम भएको हो ।उक्त अवसरमा दोस्रो पुस्ताका कवि मुमल श्रेष्ठले ‘नवदुर्गाको उज्यालोमा’ शीर्षकको कविता वाचन गरेकी थिइन् ।
संयोजक साहित्यकार सानु घिमिरेले कार्यक्रमको औचित्यबार प्रकाश पार्दै अस्ट्रेलियामा रहेका महिला साहित्यकारलाई सशक्तीकरण गर्दै परिस्कृत साहित्य सिर्जना गर्ने उद्देश्यका साथ समूह क्रियाशील भएको बताइन् ।
