• २०८२ आश्विन २८, मंगलवार

“सिरुवा–जातिरि” नामक साझा पत्रिका नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित

झापा ।

मोरङ र सुनसरी जिल्लामा आदिकालदेखि बसोबास गर्दै आएका १० आदिवासी अल्पसङ्ख्यक समुदायहरू धिमाल, राजवंशी, उराँव, ताजपुरिया, गनगाई, सन्थाल, मेचे, किसान, मुण्डा र केवरतको साझा संस्कृति तर फरक– फरक भाषाहरूका साथ “सिरुवा–जातिरि” नामक साझा पत्रिका नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित भएको छ। यस पत्रिकाको २०८२ असोज ८ गते बुधवार प्रज्ञा–प्रतिष्ठान देवकोटा कक्षमा लोकार्पण गरियो ।