कविता–मारवाड़ी

काठमाडौं ।
लीलाध्वज थापा साहित्य प्रतिष्ठानले ‘लीलाध्वज थापा स्रष्टा सम्मान तथा पुरस्कार’ नेपाली साहित्य र संस्कृतिका क्षेत्रमा योगदान पु¥याउने सर्जक प्रा.डा. वीणा पौड्याललाई प्रदान गर्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालयको इतिहास, संस्कृत तथा पुरातत्व केन्द्रीय विभागको विभागीय प्रमुख भई सेवा गरिसकेकि पौड्याल अवकाशप्राप्त प्राध्यापक हुन् । उनका संस्कृतिसम्बन्धी करिब दुई दर्जन पुस्तक प्रकाशित छन् । प्रा.डा. पौड्याललाई नगद राशि १० हजार रुपैयाँसहित सम्मानित गरिने प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी दिए ।