• २०८२ भाद्र ३०, सोमबार

रामकृष्ण अनायासको ‘अनायास’ विमोचन

पोखरा ।

नेपाली गजल साहित्यमा नयाँ आयाम थप्ने अपेक्षासहित गजलकार रामकृष्ण अनायासको गजल सङ्ग्रह अनायास शनिबार पोखरामा एक विशेष समारोहबीच विमोचन गरिएको छ।

विमोचन समारोहमा वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले पुस्तक सार्वजनिक गर्दै अनायासले नेपाली गजलको मौलिक स्वरलाई निरन्तरता दिँदै यसलाई नयाँ पाठकीय चेतनासम्म पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार गजललाई केवल मनोरञ्जन वा भावनात्मक अभिव्यक्तिको माध्यममा मात्र नभई सामाजिक, सांस्कृतिक र बौद्धिक विमर्शमा रुपान्तरण गर्ने क्षमता यस कृतिमा देखिन्छ ।