• २०८२ भाद्र २७, शुक्रबार

प्रमोद खरेलको ‘कातिल नजर’ सार्वजनिक

काठमाडौँ ।

गजलकार बुद्धि सुवेदीको गजल ‘कातिल नजर’को म्युजिक भिडिओ सार्वजनिक भएको छ। गजलमा प्रमोद खरेलको स्वर रहेको छ । ध्रुव विस्को (ध्रुवतारा) को संगीत रहेको गीतको भिडिओमा हेमन्त भट्टाराई निर्माता छन् ।

भिडियोमा चिरञ्जीवी सापकोटा (जीबी चिरन) र अश्विनी शाहीको मुख्य भूमिका रहेको छ भने विकाश खनाल, सोहज खान, कलेन्द्र सेजुवाल, रोशन विश्वकर्मा, जगदीश रेग्मी, भरत शाही ठकुरी, गोपाल दाहाल र कृष्ण सापकोटाले साथ दिएका छन् । गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र बियोजीले गरेका हुन् भने रेकर्डिङ सामुएल थामीले वेभ स्टुडियोमा गरेका हुन् ।

भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलको रहेको छ । दिन्सन शाहले सम्पादन र रंग संयोजन गरेका भिडियोको छायांकन दिनेश पराजुलीको टोलीले गरेको हो । गीतको भिडिओ आश्रिया क्रियशनको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।