कविता

काठमाडौँ ।
अनुज लामाको स्वर रहेको नयाँ गीत ‘टाढा नजाउ’ सार्वजनिक भएको छ । अनुजकै संगीत, अरुणा रुम्बाको शब्द रहेको गीतमा निरोज लामाको एरेञ्ज छ ।
गीतमा आफूले माया गरेको मान्छेलाई सधैँ समीपमा रहन आग्रह गरिएको छ । गीतको भिडियोमा पुनम लक्ष्मी मगर र पुकार चापागाईँको अभिनय छ ।किरण चापागाईँको निर्देशन रहेको भिडियोमा पंकज महराको छायाङ्कन, धिरज अधिकारीको सम्पादन छ । भिडियो गीतकार अरुणा रुम्बाको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।