समाचार

साङ्गीतिक रियालिटी सो ‘नेपाल आइडल सिजन ६’ की विजेता गंगा सोनामको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइडल विजेता बनेसँगै गंगाको स्वरमा ‘गुनासो’ बोलको गीत सार्वजनिक भएको छ ।
शुक्रबार सार्वजनिक यो आइडल विजेता बनेपछिको गंगाको पहिलो गीत हो । प्रदीप चापागाईँको शब्द, लेखु सहयात्रीको कम्पोज रहेको गीत विषम आचार्यले एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।
गीतको भिडिओमा अभिनेता राज कटुवाल र अभिनेत्री सनिशा भट्टराईको अभिनय देख्न सकिन्छ । प्रेम विरहको यो गीतको भिडिओलाई निकेश खड्काले निर्देशन गरेका छन् । उत्सव दाहालको डिओपी रहेको भिडिओलाई विकास धमलाले सम्पादन गरेका छन् ।