समाचार

काठमाडौं ।
कवि बिसुकुमार केसीको लेखनमा प्रकाशित कविताकृति ‘पागल हुन कहाँ सजिलो छ र ?’ एक समारोहबीच सार्वजनिक गरिएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा अतिथिहरू नेपाली कांग्रेसका महामन्त्री गगन थापा, गीतकार एस्पी कोइराला र कवि नवराज लम्साल लगायतले कृति सार्वजनिक गरे । कवि केसीले कविताकृतिमार्फत् मानवीय संवेदना, नेपाली समाजका विविध आयामहरूलाई कलात्मक ढंगले प्रस्तुत गरेको थापाले बताएका छन् ।