• २०८२ कार्तिक १३, बिहीबार

पारिश्वर न्यौपानेको ‘सिरौँला’ कवितासङ्ग्रहको लोकार्पण

काठमाडौँ ।

कवि पारिश्वर न्यौपानेको ‘सिरौँला’ कवितासङ्ग्रहको लोकार्पण भएको छ। कविकी आमा टीकाकुमारी न्यौपानेको अध्यक्षता, महाकाव्यकार डा. नवराज लम्सालको प्रमुख आतिथ्य एवं गण्डकी प्रदेश सभा अर्थ विकास समितिका सभापति भोजराज अर्यालको विशिष्ट आतिथ्यमा कृतिको लोकार्पण भएको थियो ।

लोकार्पण कार्यक्रममा लक्ष्मीप्रसाद रेग्मी, ध्रुवप्रसाद शर्मा पङ्गेनी र डा. शङ्करप्रसाद गैरेले लोकार्पित कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए ।रत्नटीका साहित्य संगमको प्रकाशन र मिलन समीरको सम्पादनमा प्रकाशित कविता कृतिमा जीवनाभूति खण्डमा १८, प्रेमानुभूति खण्डमा ५८, समयानुभूति खण्डमा १३ र समाजानुभूति खण्डमा २२ कविता गरी १११ कविता समावेश छ ।