• २०८२ भाद्र २७, शुक्रबार

नवराज पुडासैनी ‘गुराँस’ को ‘संघर्षमा सिरानचोक’ विमोचित

काठमाडौँ ।

नेपाल प्रज्ञाप्रतिष्ठानमा नवराज पुडासैनी ‘गुराँस’ को ‘संघर्षमा सिरानचोक’ पुस्तकको लोकार्पण भएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठान समाजशास्त्र विभागले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेपाल प्रज्ञाप्रतिष्ठान कुलपति भूपाल राई लगायतले ‘संघर्षमा सिरानचोक’ को लोकार्पण गरेका हुन् ।

उक्त कार्यक्रममा पुस्तक लोकार्पणसँगै विषयगत छलफल पनि भएको थियो । ‘संघर्षमा सिरानचोक’ मा गोरखाको सिरानचोक गाउँपालिकाबाट जनयुद्धमा भएका सहिद, बेपत्ता, घाइते, कारागार जीवन जस्ता विषय समेटिएको छ ।