समाचार
काठमाडौँ ।
साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएकी गीतकार कमला घिमिरे अधिकारीले एकैसाथ पाँच बालगीत बजारमा ल्याएकी छन् । शिक्षण पेशामा आबद्ध अधिकारीले पछिल्लो समयका बालबालिकाहरू कार्टुन चित्रमा बढी मोहित भएको देखिएकाले कार्टुन एनिमेटेड भिडियोहरू बनाएको बताइन् ।
शिक्षाप्रद उनका पाँच बालगीतमा फलफुल, नमस्कार गुरुआमा, हिस्सी परेकी नानी, तरकारी र पोसाक रहेका छन् । उक्त गीतहरूबाट बालबालिकाहरूले फलफुल र तरकारी सेवनबाट हुने फाइदा, गुरुलाई गर्नुपर्ने आदर, सफा लुगा लगाए नयाँ किन्नु नपर्ने र बाहिरको खानेकुराले स्वास्थ्यमा गर्ने असरहरूबारे सचेत गराएको छ ।
संगीतकार बलराम समालले संगीत गरेको उक्त पाँच बालगीतमा काफिया कँडेल, रेयान्स अधिकारी र सुविज्ञा पौडेलले मीठो धुन भरेका छन् । उक्त गीतहरूलाई हनिबि किड्स् ०६५ (Honeybeekids) युटुव च्यानलबाट सार्वजनिक गरिएका छन् ।
