समाचार

काठमाडौं ।
विश्व नेपाली साहित्य महासङ्घ ललितपुर शाखाको आयोजनामा र इन्द्रावती छात्रावास काठमाडौंको सह–आयोजकत्वमा “प्रगतिको पथमा प्रतिभा“ शिर्षकमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रम छात्रावासका छात्राहरूको प्रतिभा विकासलाई लक्षित गरी आयोजना गरिएको थियो । यस कार्यक्रममा छात्राहरुले आफ्नोे प्रतिभा प्रस्तुत गर्ने मौका पाएका थिए । कार्यक्रम छात्रा श्री रन्जिता राम्तेलज्यूले संचालन गर्नु भएको थियो । छात्राहरुले आफ्नोे कविता, कथा, गितार बजाए, गीत गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।
यस सभाका सभापतित्व विश्व नेपाली साहित्य महासंघ ललितपुर शाखाकी अध्यक्ष श्री नीता श्रेष्ठ (नित्यनूर) ले गर्नु भएको थियो । छात्राहरुलाई खान बस्न दिने मात्र छात्रावासको कर्तव्यभन्दा पनि माथि उठी, जसरी आफ्नोे घरको सन्तानलाई शारीरिक तथा मानसिक विकासमा आमा बाबाहरुले अग्रसरता देखाउँदछन्, त्यस्तै अग्रसरता छात्रावासले पनि देखाउनु पर्दछ भन्ने उहाँको भनाइले यो कार्यक्रमको जन्म भएको हो भनेर उद्धित गर्नु भयो ।
यस कार्यक्रममा प्रमुख अतिथिका रुपमा विश्व नेपाली साहित्य महासंघका नवनिर्वाचित केन्द्रीय अध्यक्ष श्री प्रा. डा. लेखनाथ पौडेलज्यू सहभागी हुनु भएको थियो। उहाँको कर्म क्षेत्र ताईवान् नेशनल युनिभर्सिटीको कृषि अनुसन्धान विभाग भएतापनि साहित्य र सृजनामा लागिपरेका विशिष्ट व्यक्तित्व हुनुहुन्छ । कार्यक्रमको शुरुवात यस संस्थाका केन्द्रीय उपाध्यक्ष श्री सुनिता राई कन्दङ्वाबाट स्वागत मन्तव्यबाट गरिएको थियो । साथै यस संस्थाका केन्द्रीय उपाध्यक्ष श्री बिजय हितानज्यूले आफ्नोे अभियानलाई अगाडि बढाउँदै ग्रेटा थनबर्गबाट प्रेरित छोरी र छात्राहरुलाई प्रेरणा दिने एउटा पर्या–कविता सुनाउनुभयो र पर्या साहित्यबारे आफ्नोे मन्तव्य प्रस्तुत गर्नु भयो ।
यसै गरी, नाचघरका निःवर्तमान अध्यक्ष तथा वरिस्ठ राष्ट्रिय गीत गायक तथा संगीतलाई शिक्षासँग जोड्ने अभियन्ता श्री प्रदिप बम्जनज्यूबाट आफ्नोे राष्ट्रिय गीत प्रस्तुत गरी यो सभाको गरिमा बढाउनु भएको थियो। साथै वरिष्ठ साहित्यकार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज निःवर्तमान केन्द्रीय अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष श्री राधेश्याम लेकालीज्यूबाट विद्यार्थीहरुलाई आशिर्वाद तथा प्रेरणादायी मन्तव्य प्रदान गर्नु भयो । त्यसैगरी शिखर कवि श्री शैलेन्द्र साकारज्यूले कविताको बारेमा ज्ञान दिनु हुँदै आफ्नोे कविताको झलक पनि प्रस्तुत गर्नु भएको थियो ।
यस सभामा धेरै सर्जकहरुको उपस्थिति थियो । नारी श्रष्टा समाजका अध्यक्ष तथा वरिष्ठ लघु कथाकार श्री ममता मृदुलज्यूले लघु कथा कसरी लेखिन्छ र लघु कथाबारे धेरै ज्ञान छात्राहरुमा बाँड्नु भयो । सर्जक श्री बिन्दु अधिकारी ढकालज्यूबाट कविता वाचन भएको थियो भने श्री संगिता कालीज्यूबाट गजल प्रस्तुत भएको थियो । वरिष्ठ साहित्यकार श्री ध्रुव राज ढकालज्यू, ललिता दोशीज्यू, त्यसैगरी होष्टेल व्यवसायी संघका अध्यक्ष श्री रविन्द्र थापाज्यू, अन्जु सुवेदीज्यू तथा जायँस जयाज्यूको पनि उपस्थिति यो सभाको आभा बनेको थियो ।
यस इन्द्रावती छात्रावासमा विभिन्न कलेजमा पढ्ने छात्राहरु बस्छन् जसमध्ये धेरै समानता फाउन्डेशनका फेलोहरु यस छात्रावाससँगको साझेदारीमा धेरै वर्ष देखि यहाँ बसिआएका छन् । यही समानता फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत श्री मोना आदित्यज्यूले फाउन्डेशनकाबारे प्रकाश पार्दै बोल्नु भयो । समानता फाउन्डेशनले नेपाल अधिराज्य भरीका विद्यालयहरुबाट हरेक वर्ष एसईई दिएका उत्कृष्ट विद्यार्थी छानेर राजधानीमा पढ्ने छात्रवृत्ती र छात्रावास सहयोगका साथै कलेज बाहिर पनि फेलोहरुको बहुआयामिक विकासका लागि समुचित वातावरण प्रदान गर्दै आएको छ। सन् २०१२ देखि हालसम्म जम्मा १४० फेलोहरुले समानता फाउन्डेशनको फेलोशिप प्राप्त गरिसकेका छन्, जसमध्ये हाल ८६ जना +२ र स्नातक तहका विद्यार्थी सक्रिय फेलोको रुपमा संलग्न छन्। समानता फाउन्डेशनको उद्देश्य ग्रामीण तथा दुर्गम क्षेत्रका जेहेन्दार विद्यार्थीहरुलाई गुणस्तरीय उच्च शिक्षाको अवसर प्रदान गरी समानता तथा सशक्तिकरणलाई प्रोत्साहित गर्नु हो । उहाँहरू यो जोश र जांगर र समाज प्रतिको सद्भाव तथा विद्यार्थीको भविष्य प्रतिको जागरुकता देखेर हामी धन्य भयौं ।
कार्यक्रममा छात्रा रन्जिता राम्तेलले उद्घोषणको जिम्मा लिनु भयो भने, नृत्यमा लक्ष्मी विश्वकर्मा (कथा), अस्मिता मगर, रविना चालिसे, तेजु मगर, आसिका सप्कोटा, मीना हमाल, गौरीका मगरले भाग लिनुभएको थियो । साथै, हिमानी र शिवानी शाहले चित्रकला र कवितामा भाग लिनु भएको थियो । त्यसैगरी स्वयंसेवीका रुपमा सहयोग गर्नुहुने छात्राहरू सविता गिरी, विपना तामाङ, शोभा के.सी., उर्मिला नेपाली, दिक्क्षा, अस्मी, निनीमा, सोनू बसौला, सलिना गुरुङ, शोभा अधिकारी, हिसीला दनुवार, रोश्ना चुडारो, रोजिना काफ्ले, शर्मिला तामाङ, सिर्जना प्रजा हुनुहुन्थ्यो भने सिन्धुजा सिंहले गीतार बजाएर आफ्नोे गायन प्रस्तुत गर्नुभएको थियो ।
सभाको विसर्जन सभापति श्री नीता श्रेष्ठ नित्यनूरज्यूले गर्नुभएको थियो भने यस छात्रावासका संरक्षिका श्री कृष्णलक्ष्मी प्रधानज्यूले मीठो रात्री भोजनको व्यवस्था गरी तीजको दर खुवाउने व्यवस्थापन गर्नुभएको थियो । यस कार्यक्रमपश्चात तीजको नाचगानमा छात्राहरु रमाएका थिए। सभापति श्री नीता श्रेष्ठ नित्यनूरज्यूले शुरु गर्नुभएको यो “प्रगतिको पथमा प्रतिभा“ कार्यक्रम आउँदा दिनहरूमा पनि नरोकी अगाडि बढ्ने छ।