मुक्तक

काठमाडौँ–
‘पैसा फल्ने बुटो’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा पैसाको अभावले विभिन्न समस्यामा अल्झिएको भाव व्यक्त गरिएको छ । गीत गायक तथा संगीतकार नरेश खाती र गायिका रचना रिमालले गाएका छन् । नरेशकै शब्द रहेको गीतमा उनलै नै संगीत भरेका छन् । सुनिल परियारको संगीत संयोजन छ । विनोद परियालले मिक्सिङ गरेको गीत मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतको भिडियोमा गायक, गीतकार तथा संगीतकार नरेशसहित उज्जवल गिरी, सञ्जना गुरुङ, र रचना न्यौपानेको अभिनय छ । त्यस्तै बाल कलाकारमा आरुषी कार्की, युनिशा घिमिरे र सुजल रसाइली छन् । भिडियोमार्फत पैसा फल्ने बुटो देखाइदिन आग्रह गरिएको छ । जेरी भण्डारीले निर्देशन गरेको गीतको भिडियो विकाश धमलाले सम्पादन गरेका हुन् ।