समाचार

काठमाडौँ ।
कवि तथा अनेसास केन्द्रीय महासचिव राजु सिटौलाको कवितासंग्रह ‘ईश्वरका फूलहरू’ को सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजना अनामनगरमा सम्पन्न कार्यक्रममा विमोचन गरिएको थियो ।
विमोचन कार्यक्रममा प्राध्यापक डा. कृष्णहरि बराल, प्राध्यापक डा. खगेन्द्र लुइँटेल, डा. नवराज लम्साल, राधेश्याम लेकालीले ईश्वरको फूलहरूको समीक्षात्मक टिप्पणी गरेका थिए । सो क्रममा उनीहरूले नेपाली भाषा साहित्यलाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराउन लागि परेका अनेसासका सबै केन्द्रीय महासमितिका पदाधिकारीहरुको योगदानको प्रशंसा गरे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले अध्यक्षता गरेको विमोचन कार्यक्रममा प्रमुख अतिथि रूपमा डा. नवराज लम्साल थिए । कार्यक्रम सञ्चालन नेपाल च्याप्टरकी महासचिव रन्जना निरौलाले गरेकी थिइन् ।
नुवाकोटमा जन्मिएका कवि राजु सिटौला अन्तर्राष्ट्रिय नेपाली साहित्यका केन्द्रीय महासचिव हुन् । उनी अमेरिकामा बसेर नेपाली भाषा, साहित्य र संगठनमा लामो समयदेखि कार्यरत छन् । यसअघि ईश्वर बल्लभले आगोका फूलहरु लेखेका थिए भने अहिले सिटौलाले ईश्वरका फूलहरू लेखे ।