• २०८२ आश्विन ८, बुधबार

ज्योति साहित्य प्रतिष्ठानले २२०औँ कविता यात्रा सम्पन्न

काठमाडौं ।

ज्योति साहित्य प्रतिष्ठानले मासिक रूपमा गर्दै आएको कविता यात्रालाई निरन्तरता दिँदै २२०औँ कविता यात्रा सम्पन्न गरेको छ ।

कार्यक्रममा कविहरू मधुसुदनप्रसाद घिमिरे, सुनिता अधिकारी, योगाज राजन, इन्दिरा चापागाईं, ललिता दोषी, नरेन्द्रराज पौडेल, नारायण तिवारी, निरा श्रेष्ठ, भरत बम्जन, गोविन्दमान सिंह कार्की, तिलक गाउँले, संगीता खरेल, बुद्धिराज पाण्डे, वियोगी बुढाथोकी, केदार मैनाली, रश्मी रिमाल, राकेशकुमार झा, हिमानी झा लगायतले कविता वाचन गरे ।

कार्यक्रममा साहित्यिक स्मारिका ‘साहित्य संसार’ पनि लोकार्पण गरियो । प्रतिष्ठानका अध्यक्ष कवि मणिराज सिंह, कवि शैलेन्द्र साकार, समीक्षक प्रा. डा. भरतकुमार भट्टराई लगायतले कवि गोष्ठिका बारेमा बोलेका थिए ।