हिन्दी कविता

चितवन .
प्रा. डा. अभि सुवेदीलाई ‘युवराज कँडेल स्मृति पुरस्कार’ प्रदान गरिएको छ ।
अंग्रेजी भाषाका लेखकहरूको संस्था भिलेज अफ इंग्लिस राइटर्स (भ्यु) चितवनले प्रदान गर्ने ‘युवराज कँडेल स्मृति पुरस्कार’ यस वर्ष साहित्यकार प्रा. डा. अभि सुवेदीले पाएका छन् । सौराहामा शनिबार आयोजित कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति शारदा थपलियाले सुवेदीलाई उक्त पुरस्कार हस्तान्तरण गरेकी छन् । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।
भ्यु चितवनका पूर्वअध्यक्ष ईश्वर कँडेलले आफ्ना बुबाको स्मृतिका उक्त पुरस्कार स्थापना गरेका हुन् । अंग्रेजी शिक्षाका साथै प्रा. डा. सुवेदीले नेपाली र अंग्रेजी साहित्यमा पु¥याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरेको भ्यु चितवनका अध्यक्ष केशवराज चालिसेले बताए । सुवेदीले रंगमञ्चदेखि अंग्रेजी नेपाली लेखनमा महत्वपूर्ण र उत्कृष्ट योगदान पु¥याएको चालिसेले बताए ।
कविता, निबन्ध, कथा विधामा सुवेदीको सशक्त उपस्थिति देखिने र अंग्रेजी नेपाली लेखनलाई विश्वव्यापी बनाउन भूमिका खेलेको पनि चालिसेको भनाइ छ । भ्युले सो अवसरमा ‘साहित्य, पारिस्थितिकी (इकोलोजी) र संरक्षण’लाई विषय बनाएर कार्यपत्र प्रस्तुतिदेखि प्यानल छलफलसम्मको कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी पर्यावरणलाई नै आधार बनाएर तयार पारिएका कविताहरु पनि कार्यक्रममा बाचन भएका छन् ।
राप्ती नदी र निकुञ्जको हरियो जंगल आडमा रहेको सौराहामा भएको कार्यक्रमले साहित्य र अन्य लेखनमा पनि वातावरण, संरक्षण र समग्र विश्वको आवाज समेट्न मद्दत गर्ने भ्यु चितवनका अध्यक्ष केशवराज चालिसेको भनाइ थियो । कार्यक्रममा प्रा. डा. जीवलाल सापकोटाले सात्यिकार लेखकका शब्दहरुले संसारका हरेक पक्ष मानवदेखि सुक्ष्म जीव–जनावरको हित र विषयमा न्याय दिनु पर्ने धारणा राखेका थिए ।