• २०८२ आश्विन २८, मंगलवार

ईश्वर पोखरेलका दुई लघुकथा

ईश्वर पोखरेल

ईश्वर पोखरेल

१. प्रेम

ममा छन चन्दन र सुमन । प्रेममा थिए- रोशन र सुगन्धा पनि ।

प्रेममा परेको सात महिनापछि रोशन र सुगन्धाका बीचमा विवाह भयो । विवाहपछि परिवारमा रोशन प्रभुत्वशाली र सुगन्धा अधिनस्त देखिई । यतैकतैबाट सम्बन्धमा कटुता टुसायो, बढ्यो र झ्याँङ्गियो । कटुताका विविध रुपहरू छताछुल्ल भए ।
अनि छुट्टिए ।
अब बाृलचाल बन्द छ ।

चन्दन र सुमनले पनि विवाहका बारेमा पटकपटक सोचेका हुन् । तर उनीहरू दुबै प्रेमको रक्षाका लागि विवाहसम्म पुग्नबाट हँच्किए । उनीहरूलाई लाग्यो -विवाहपछि प्रेम सकिन्छ र दाम्पत्य प्रारम्भ हुन्छ ।’
अनि के हुन्छ ?
समाजका धेरै रोशन र सुगन्धाको जोडीलाई हेर्दा भई हाल्छ ।

चन्दनले भनी – म आजन्म प्रेममा रहन चाहन्छु ।”
सुमनले पनि त्यही दोहोर्‍यायो ।

चन्दन वाचाल देखिई । भनी – तिमीलाई दुनियाँको आँखा छलेर भेट्न आउनु, भेट्दा बल्ल भेटे झै लाग्नु, छुट्दा तिमीलाई समग्रमा भेट्नै नपाई छुटेकी छुु भन्ने मनमा रहदै छुट्नु, बाटामा कसैले देख्छ कि भन्ने झिनो डरका बीच घर पुग्नु अनि फेरि तिमीलाई भेट्न हतारिनु : हामी बीचको सम्बन्धको यो अवस्था म जीवन जत्तिक्कै लामो राख्न चाहन्छु ।

सुमन बोलेन ।
उसको वाणी पाइएन ।
उसको बडी ल्याङ्ग्वेस प्रेमको पक्षमा बोलीभन्दा प्रष्ट सुनियो ।

२. निकास

वृद्धभत्ता आउँछ- बजूको । भदैनीले पनि केही रकम पठाउँछे- विदेशबाट । बजूको सबै रकम बैंकमा रहने । बजू बैंक जान नसक्ने ।

उसो त नातिनातिनाले सघाउँछन्- बजूलाई ।

अठारदिन पहिले अन्तरेको छोरो दिपु आइपुगेको थियो । बजूलाई पाँच हज्जार चाहिएको ।
चेकमा लेख्यो- दिपुले । बजूले हात कमाउँदै सही गरिदिइन् ।

यही सही चै गर्छिन्स लेखेका अक्षर चिन्दिनन् । फेरि नातिनातिनाको भर नपरे कसको पर्नु ! आज प्रेमा आइपुगेकी छे । चेकमा लेख्नुपहिले प्रेमाले बजूको मोबाइलमा बैंकका म्यासेज पढी । आठ हज्जार निकालेको म्यासेज छ ।

प्रेमालाई झट्का जस्तै लाग्यो । लाग्यो, सबै कुरा बजूलाई भनी दिऊँस दिपुलाई डाँक्न पठाऊँ र भण्डाफोर गरी दिऊँ !!

घाँटीमै आइपुगेको आवेग प्रेमाले घुटुक्क निली ।

पैसा त प्रेमालाई पनि चाहिन्छ स् कहिले त मोबाइलमा डाटा हाल्ने पैसा पनि हुँदैनस क्यान्टिनमा मः मः खान पनि साथीसंग सापटी लिनु पर्छ ।

प्रेमा झल्याँस्स जस्तै भई । दिपुले टर्च बालेर बाटो देखाई दिए जस्तो लाग्यो- प्रेमालाई ।

बैकबाट फर्किएपछि प्रेमाले बजूलाई भनी- बजूलाई हामीले सेवा नगरे कसले गर्छ !! आवश्यक पर्दा जतिखेर बोलाउनु भए पनि हुन्छ ।


ईश्वर पोखरेल