• २०८२ आश्विन २२, बुधबार

राजेश ढुंगानाका चार छोटा कविता

राजेश ढुंगाना

राजेश ढुंगाना

१. अर्थ

मायाको अर्थ त
बिर्सिसकें
सम्झनाका अर्थ चाहिं
आँसुको
सागर पो हुँदो रहेछ ।

२. जीवन

जीवन
दिन–प्रतिदिन
छोपिदै गएको
ओडार जस्तो भएको छ
र जीवन
मात्र एउटा शब्द, शब्दकोशको
डर छ
त्यहाँबाट पनि हटाउला कि भनेर

३. सकिएको काम

मलाई
मारिदिनुस्
मैले
भोट दिइसकें
के
अब
मेरो काम
सकिएन र ?

४. कैद

नबिर्स
तिमीले बिर्सदा
मेरो मुटु
फुट्न सक्छ
तिमीलाई
अझै र सदैव
माया गर्ने
कुन प्रमाण पेशौं ?
तिम्रो प्रेमको
शिखर नै बनाएर
सदैवका लागि
मुटुमा कैद गर्न सक्छु ।


राजेश ढुंगाना