• २०८२ आश्विन २३, बिहीबार

विजयध्वज थापाको ‘पिउँदै नशा नयनको’ सार्वजनिक

काठमाडौं ।

गीतकार विजयध्वज थापाको नयाँ गीत ‘पिउँदै नशा नयनको’ सार्वजनिक भएको छ । गीतमा गायक मुरलीधरको आवाज रहेको छ । सञ्जय खड्गीले संगीत दिएका छन् ।

गीतकार थापाका थुप्रै गीतहरू स्वरवद्ध भइसकेका छन्, जसमा मेलिना राई, सत्यराज आचार्य, स्वरूपराज आचार्य, अन्जु पन्त, शिव परियार, सिने गुरूङ, विस्नु चेम्जोङ, राजेश पायल राई, आनन्द कार्की, रामकृष्ण ढकाललगायतको आवाज रहेको छ । उनका गीतमा न्यूह् बज्राचार्य, रामहरि कपाली, राजु सिंह, सञ्जय खड्गीलगायतले संगीत भरेका छन् ।