कविता

काठमाडौँ ।
टुक्का साहित्य समाजको आयोजनामा मिति २०८२ साल असार २६ गते सुनौलो पाइला बालगृहमा ताराप्रसाद चापागाईंको गद्य कविता सङ्ग्रह “निद्र्वन्द्व यात्रा” को लोकार्पण भएको भयो । टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी अग्रज साहित्यकार कलानिधि दहाल तथा विशिष्ट अतिथिको रूपमा कल्पतरू प्रज्ञा प्रतिष्ठानका कुलपति नवराज पुडासैनीको हुनुहन्थ्यो ।
प्रमुख अतिथि दहालले पानसमा दीप बालेर उदघााटन गर्नु भएको कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिगणको बाहुलीबाट पुस्तकको लोकार्पण भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले टुक्का कविताका प्रवर्तक ताराप्रसाद चापागाईंका गद्य कविताहरू निकै उच्च स्तरको रहेको भन्दै बालगृहमा पुस्तक लोकार्पण गरेर साहित्य सिर्जनाको साथमा समाज सेवाको कार्य गर्ने सर्जक ताराप्रसाद चापागाईँ तथा बालगृह सञ्चालकलाई बधाई ज्ञापन गर्नु भयो । लोकार्पित पुस्तक “निद्र्वन्द्व यात्रा”को समीक्षा विशिष्ट अतिथि नवराज पुडासैनीले गर्नु भएको थियो । टुक्का साहित्य समाजका सल्लाहकार राजेशराज गडतौलाले स्वागत मन्तव्य राख्नु भएको थियो भने ।
सभाध्यक्ष ताराप्रसाद चापागाईंले आफ्नो नव कृति “निद्र्वन्द्व यात्रा” को लेखन कार्यको सन्दर्भ जानकारी गराउँदै गद्य कविता लेखनको गुरु कलानिधी दाहाललाई दोसल्ला ओढाएर सम्मान गर्दै त्यस बालगृहमा आश्रय लिई रहेका अनाथ तथा हिंसा पिडित बालबालिकालाई शैक्षिक सामाग्रीहरू वितरण गरेर कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रममा प्रमोद नेपाल, सुशील आचार्य, मन्दिरा सेढाई, दीपा समभाव, लता गुरुङ लगायतका साहित्यकारहरू तथा सुनौलो पाइलामा आश्रय लिएर बसेका नौ जना बालकालिकाहरूको सहभागिता थियो । समाजसेवी उमा गौतमले कार्यक्रम संयोजकको भूमिका निभाउनु भएको थियो ।
सुनौले पाइला बालगृहका संस्थापक रोजिना बिष्टले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा बालगृह सञ्चालनको औचित्य माथि प्रकाश पार्नुको साथै यसरी बालगृहमा साहित्यकारहरूको उपस्थिति सहितको कार्यक्रमले बाल मस्तिष्कमा सकारात्मक छाप पर्ने कुरा व्यक्त गर्दै आयोजक संस्था टुक्का सहित्य समाज, निद्र्वन्द्व यात्राका सर्जक ताराप्रसाद चापागाईँ तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।