• २०८२ आश्विन ८, बुधबार

२१२ औँ भानु जयन्तीमा विशेस काव्य गोष्ठी सम्पन्न

काठमाडौँ ।

मोडर्न कन्या कलेज बानेश्वर द्वारा आयोजित २१२ औँ भानु जयन्ती विशेस कार्यक्रम गरि सम्पन्न गरिएको छ। वरिष्ठ कवि लेखकहरुको उपस्थितिमा भव्य रुपमा सम्पन्न उक्त कार्यक्रममा कवि र संचारकर्मी शैलेन्द्र साकार, ठाकुर शर्मा, कृष्ण बाउसे, रन्जना निरौला, निर्मल पराजुली, ज्ञानेन्द्र भट्टराई विजयध्वज थापा, मुकुन्दराज दाहाल ,सुवास पाण्डे, कोपिला कोइराला छात्रा कविहरु पूजा लामिछाने जमुना बस्नेत गङगा केसी रेनुका कडेल लगायतले कविता वाचन गरेका थिए ।

भानु भक्तको योगदानको बारेमा वरिष्ठ साहित्यकार रामप्रसाद पन्त कलाधर काफ्ले वरिष्ठ पत्रकार कल्पना शर्मा बेञ्जु सरोज, सविन पोख्रेल र वरिष्ठ सहित्यकार डा. रामप्रसाद दाहालले बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा भानुलाई समर्पित कविताहरु वचन गरिएका थिए ।

मोडर्न कन्या कलेज बानेश्वरमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता कलेजका प्रमुख डा. रामप्रसाद दाहाल र प्रमुख अतिथिको भूमिका शैलेन्द्र शाकरले निर्वाह गर्नु भएको थियो।