• २०८२ असार ३१ मङ्गलबार

थर हराएको मानिस !!!

सुशिला शर्मा 'शिलुू'

सुशिला शर्मा 'शिलुू'

एउटा, थर हराएको प्राणी
जोसँग अब बाँकी छ
केबल,
मौनता माथि आत्माको शून्य चित्कार
पछि जोडिएको नाम मात्र बाँकी छ,
अब,
जुन कर्तव्यबोधका चाङसँग मात्र
साइनो जोड्न चाहन्छ,
जुन भौतिक अस्तित्वको शुरूवात
पछि मात्र कोरीयो
अब नाम बाँकी रह्यो,
जरा हराएको रुख जस्तो,
आत्मा हराएको शरीर जस्तो,
आमा हराएको सन्तान जस्तो,
घर हराएको पर्देशी जस्तो,
शितलता हराएको सुखा याम जस्तो,
अक्षर हराएको पुरानो पाना जस्तो,
नाम मात्र रहेर थर हराएको
जीवन,
चेतना हराएको स्नायु जस्तो !!

वास्तविक जीवन त थरमै थियो,
तर जीवनले आफूलाई चिन्न आँटेको
फेरो नाघ्नै आँट्दा,
जोडिदियो अर्को थरसँग,
लेख्न त परिचय पुस्तिकामा पुरानो थर नै अंकित छ,
तर कैद भुक्तानी गरीरहेको थुनुवा जस्तो भएको
छ त्यो आफ्नो थर,
निभ्न आँटेको दियोले हावालाई साथी मानेर
झिल्मिलाए जस्तो
झुठो खुशीमा रमाएको छ नाम
सबै नव पृष्ठभूमिका पराया
कुन्ठित, विभेदिलाई आफ्ना सम्झेर ।।

नाम अब स्वतन्त्र भएको छ,
सबैको प्रेमबाट,
जबदेखि आफ्नो असली थर गुमाएको छ,
थर प्रदायक भूमिले आफ्नो मानेको छैन,
लगभग भुल्ने तरखरमा छ,
नयाँ परीवेशले हर बखत छुट्टै
अस्तित्वको जीव सम्झेको छ,
ममताको आँचलमा बाँध्न चाहँदैन,
तैपनी
आफ्नो जिवित अवयवका प्रत्येक तन्तुमा
बहिरहेछ,
ममताको आँचलबाट प्रसारीत
आत्माको भावसँग चलायमान,
एउटा प्राण पखेरु,
मातृत्वको प्रसाद,
हिमचुलिको आशिर्वादबाट
प्रदान पुरानो परिचय भित्र लुकेको
एउटा अनौठो पहिचान र नै
थर हराएको, सच्चा प्रेमबाट
बियोगान्त पथ उपहार पाएको
जीवन रुपि एउटा स्त्री देह,
घनघोर र संघर्षको मरुभुमिमा
अनवरत रुपमा,
ममताको सबै द्वारबाशान महलमा,
हजारौं संख्याका प्राणी
तर एउटा स्नेह नभएको सुखा,
मृत्युको प्रतिक्षालयमा
नाम खोजी रहेका छन्,
युगौं युगदेखिको, चलयामान
कठोर इतिहासमा,
स्व( अस्तित्वको बिज छर्न,
त्याग,
तपस्या,बलिदान मार्फत
रचिएका कुटिल चालद्वारा
केबल बंश निर्माण या
कर्मशिलताको उदाहरण
मार्फत स्वार्थ सिंचित गर्न,
त्यसैले थर हराएको प्राणी
अब अध्यात्मिक जगतको दर्शनको निमित्त
तयारीमा छन,
त्यसैले त आजकल,
योग र ध्यानका
बिद्यालयहरु भरीदै छन,
स्व-अस्तित्वको खोजिमा ।।


सुशिला शर्मा ‘शिलु’