• २०८२ भाद्र ३०, सोमबार

प्रमोद नेपालको ‘हत्केलामा घाम’ सार्वजनिक

काठमाडौं ।

साहित्यकार प्रमोद नेपालको मुक्तककृति ‘हत्केलामा घाम’ सार्वजनिक गरिएको छ । काठमाडौंमा साहित्यिक संस्था कल्पतरु प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपालका केही गीत पनि सार्वजनिक गरिएको थियो ।

कृति सार्वजनिक गर्दै साहित्यकार वियोगी बुढाथोकीले उनका मुक्तकको चर्चा गरे । सार्वजनिक मुक्तकको पुस्तकमाथि प्रा. कपिल अज्ञातले समीक्षात्मक मन्तव्य दिए । विजयध्वज थापाले गीतका विषयमा बोले । कार्यक्रममा गोविन्द घिमिरे ‘वेदमणि’, कृष्ण प्रधान, डा. कृष्णप्रसाद दाहाल, नवराज पुडासैनी ‘ज्योत्सना’, प्रमोद नेपाल, रामप्रसाद पन्तलगायत साहित्यकारले बोलेका थिए ।