समाचार

माया त फुल्यो ममा, भन दिऊँ कसलाई
भमरालाई भन्दा हतार भो रसलाई
माया गर न काले, माया गर न
तिम्रै छेउ सर्छु म, तिमी मेरै छेउ सर न
पिरती गाँसी तिमीसँगै गुडूँ गुडूँ लाग्छ
के भो के भो लौ, प्यार गरी उडूँ उडूँ लाग्छ
रङ त चढ्यो ममा, भन दिऊँ कसलाई
भमरालाई भन्दा हतार भो रसलाई
माया गर न काले, माया गर न
तिम्रै भर पर्छु म, तिमी मेरै भर पर न
प्रीतिको मीठो तालैमा मलाई डुब्न देऊ
मुटुभित्र तिम्रो सुटुक्कै मलाई पुग्न देऊ
बैँस त फक्र्यो ममा, भन दिऊँ कसलाई
भमरालाई भन्दा हतार भो रसलाई
माया गर न काले, माया गर न
तिम्रै लागि मर्छु म, तिमी मेरै लागि मर न ।
डम्बर बिकेल