• २०८२ आश्विन २८, मंगलवार

नास्तिकले पसलमा गीता राखेको छ

पानी दिँदैन तर मुखमा सरिता राखेको छ
ऊ जित्छ गफको प्रतियोगिता राखेको छ

पैसा के चीज हो बुझ्न यति मात्र बुझ्नुस्
नास्तिकले पसलमा गीता राखेको छ

अतिथि देवो भव: लेखेको छ ढोकामा
वृद्ध आश्रममा माता-पिता राखेको छ

कलेजको पुरानो किताब पल्टाएर हेर्छु
प्रेम, गुलाफ अनि कविता राखेको छ

अरूको छोरीको सर्व अस्तित्व लुट्नेले
आफ्नो छोरीको नाउँ सीता राखेको छ

आऊ परीक्षण गर म कुन जातको हुँ
नदीको छेऊमा मेरो चिता राखेको छ


विद्यानन्द बेदर्दी
अग्नीसाईर कृष्ण-सवरण ४, सप्तरी