• २०८२ भाद्र २८, शनिबार

‘असारको किस्ने’ गीत सार्वजनिक

काठमाडौँ  ।

असार भाकामा ‘असारको किस्ने’ बोलको गीत सार्वजनिक भएको छ । यसवर्ष असारमा सार्वजनिक भएको यो पहिलो गीत हो । गीत विदुर घोरासैनी र रुद्र केसी शब्द र संगीतमा बनेको छ । गीतकार विदुर र रुद्रसहित सुशीला लामा र विश्वोरी देवीले गाएका छन् । आर के मिलनको संगीत संयोजन रहेको गीत द पिक स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको भिडियोमा विश्वोरी देवी, विकाश बस्नेत र लोकबहादुर श्रेष्ठले अभिनय गरेका छन् । उमेश कार्की ‘युके’को सिनेम्याटोग्राफी र निर्देशनमा बनेको भिडियोमा असारमा धान राप्ने समयलाई कैद गरिएको छ । रोशन धितालको सम्पादनमा बनेको गीतको भिडियो विदुर घोरासैनीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।