कविता

काठमाडौँ ।
८० जना साहित्यकारले लेखेको पुस्तक ‘दिवंगत स्रष्टा स्मृति दर्पण’ शनिबार प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक गरिएको छ । पुस्तकको सम्पादन रविकिरण निर्जीव र विष्णुमाया रेग्मी दम्पतीले गरेका हुन् । रविकिरण र विष्णुमायाको ८० औं जन्म प्रवेशको अवसरमा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्राज्ञ वासुदेव त्रिपाठीले उक्त पुस्तकको विमोचन गरेका हुन् ।
पूजापाठ गरेर चौरासी पूजा गर्ने परम्पराभन्दा फरक शैलीमा साहित्यकार रविकिरण निर्जीवले पुस्तक विमोचनलाई चौरासी पूजन उत्सवको रुपमा मनाएका हुन् । निर्जिवका गुरु हेमाङ्गराज अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा दिवंगत दस जना स्रष्टाका परिवारजन र लेखकहरुलाईसमेत सम्मान गरिएको थियो ।