• २०८२ आश्विन २२, बुधबार

रञ्जना न्यौपानेको ‘बन्द खाम २’ सार्वजनिक

काठमाडौँ ।

गीतकार रञ्जना न्यौपानेको ‘बन्द खाम २’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो न्यौपानेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

चर्चित गायक र गायिका स्वरूपराज आचार्य र अञ्जु पन्तको स्वर रहेको यो गीतमा लक्ष्मण पोखरेलले संगीत भरेका हुन् । भिडियोमा गीतकार न्यौपाने स्वयं र उमेश सापकोटा मुख्य भूमिकामा देखिएका छन् । बाल कलाकार रुत्वी सापकोटा र प्रियांश सापकोटाले पनि अभिनय गरेका छन् । ‘बन्द खाम २’ न्यौपानेको चर्चित गीत ‘बन्द खाम’को सिक्वेल हो । भिडियोलाई उमेश सापकोटाले निर्देशन गरेका हुन् ।