समाचार

काठमाडौं ।
गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीतुदुःख सुनाएर के काम ? सार्वजनिक गरिएको छ । डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको उक्त गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको छ । गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियोबाट युट्युबमा तथा विभिन्न अन्तर्राष्ट्रिय अडियो र भिडियो प्लेटफर्महरूमा अपलोड गरिएको छ ।
गीतमा मानिसको सोच र मनोवृत्तिको पनि चित्रण गरिएको छ । कोही सकारात्मक सोच राख्छन्, कोही नकारात्मक सकारात्मक व्यक्तिहरूबाट सकारात्मक ऊर्जा प्राप्त हुन्छ, भने नकारात्मक सोच भएका व्यक्तिहरूले अरूको कुरा काट्ने प्रवृति देखाउँछन् । त्यस्ता मानिसहरूबाट नकारात्मक ऊर्जा सर्छ, त्यसैले त्यस्ता मानिसहरूबाट टाढा बस्नु नै उपयुक्त हुन्छ भन्ने सन्देश गीतमा पाइन्छ ।
गीतकार नारायण खतिवडाका यसअघि पनि दर्जनौं गीतहरू सार्वजनिक भइसकेका छन् । सम्झनाका पाइलाहरू, नामक गीति संग्रहमा १०९ वटा गीतहरू समावेश छन् । स्वार्थी संसार, स्वदेश छोडी’ मनका कुरा, बिन्दास, देखुँ देखुँ, सन्देश पुरयाइदेउ, मेरो कथा, चोखो चोखो, लगायतका गीतहरू छन् ।