वसन्तवेला
उफ ! मरि पो सकेछ । ब्रेक लगाउँदै थिएँ ।
मोटरसाइकलबाट झर्दैथिएँ । एकजना अन्दाजी पैंतालीस पचासका अधवैंसे दगुर्दै आए ।
मार्दिनु भो होइन ? अब पैसा तिर्नोस् ।
कति पर्छ ? मैले सोधेँ ।
पाँच सय पर्छ । उहाँले कड्केर भन्नुभयो ।
मैले खल्तीबाट पैसा निकाल्दै थिएँ ।
पख्नोस् ! बीस बाइसका लक्का जवान आएर औंलो ठड्याउँदै भने ।
म लल्याकलुलुक भएँ ।
यत्रो चल्लाको जम्मा पाँच सय ? चारपाँच महिनापछि यो ठूलो कुखुरो बन्थ्यो । यसले अण्डा पार्थ्यो । प्रत्येक सिजनमा लगभग दशवटा चल्ला कोरल्थ्यो । यसको जीवनकालमा हामीले बीस हजारको आम्दानी गर्न सक्थ्यौं । त्यो सबै पैसा भुक्तानी गर्नुपर्छ तपाईंले ।
म अवाक भएँ । अब एउटा धर्मसंकट नि ।
यो तर्कलाई मैले कसरी प्रतिवाद गर्ने होला ?
चेतन पथ माधव