• २०८२ भाद्र २७, शुक्रबार

मानसिक दरिद्रहरू

धनराज गिरी

धनराज गिरी

“यिनको बुद्धि ? यिनको विवेक ? हरे शिव !” एक्लै बर्बरायो प्रशान्त ।मुहारपुस्तिकामा उसले केही खुराक पढयो । नेपाली समाजको चरित्र सम्झियो । “उपेक्षा र उपहास” बाहेक अरू केही जानेन त यो बेबकुफ़ नेपालीले ? मन अझ बिद्रोही भयो । विदेशमा गएर काम गरी स्वदेशमा आफ्नो पसिनाको कमाइ विप्रेषण गरी स्वदेशी अर्थतन्त्र धान्ने ती कर्मयोगीहरूप्रति “कृतज्ञ “हुनुपर्ने ठाउँमा उल्टो उपहास ! यो काम, त्यो काम, तेल भीसा… अनेक अनेक बिशेषण । त्यति मात्र हो र,अझ विदेश पलायन हुनु रहर जस्तो, विदेशमा बस्ने नेपालीको मनमा “राष्ट्रीयता “हुन्न रे ?वाह, क्या सोच !!

“होइन, के भयो बा ? किन एक्लै मुरुमुरिनु भएको ?” पुत्र विवेक अघि आयो । “ल यो कथा पढ़ छोरा, ल यो ग़ज़ल पढ़ ! के तिमीहरूको मनभित्र देशको माया छैन ? के तिमीहरूले देशलाई परेको बेलामा सहयोग गरेको छैनौं ?” “ह्या ….बा,हजूर पनि, यी अनन्त मानिसको पछि लागेर साध्य हुन्छ ?उनीहरूको दिमागले त्यति बुझ्यो त्यही लेख्यो । हजूर बरू आफ्नो उपन्यास पूरा गर्नतिर लाग्नुहोस, विदेश रहर हो कि बाध्यता हो त्यों त भोगनेलाई थाहा छ । अंकल समीरको “मृत्युको आयु,” “सिड्नी सपना -सानु घिमिरे “दुखेको यूरोप “आदि किताब बोल्छ । यहाँ किन आउने हामी ? उत्तर राज्यब्यबस्थाले खोजने हो । यी “मानसिक दरिद्रहरू” लाई इग्नोर गर्नुपर्दछ बा !

“हामी कवि अलि भावुक हुने क्या छोरा ! ठीक छ, म पनि अब यस्ता दुष्टहरूलाई इग्नोर गर्दछु । तिमीहरूको कर्मयोग देखेर मन बिद्रोही भएको हो । ओके बेटे, रिल्याक्स !!” ग़ज़ल लेख्न थाल्यो प्रशान्त, अलि शान्त भएर !


धनराज गिरी